News Summary
Generated by OK AI. Editorially reviewed.- चितवन राइनोजका ओपनर कमिल मिशाराले एनपीएल एलिमिनेटरमा काठमान्डु गोर्खाजविरुद्ध ३३ बलमा ५० रन बनाउँदै अर्धशतक प्रहार गरे।
- मिशाराले २ चौका र ३ छक्का प्रहार गर्दै यस एनपीएलमा पहिलो अर्धशतक बनाए।
- यो उनको टी२० करिअरको ११औं अर्धशतक हो।
२ मंसिर, काठमाडौं । चितवन राइनोजका ओपनर कमिल मिशाराले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमान्डु गोर्खाज विरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
उनले ३३ बलमा २ चौका र ३ छक्का मदतमा ५० रन पूरा गरेका हुन् । १३औं ओभरको अन्तिम बलमा काठमान्डुका रासिद खानलाई १ रन प्रहार गर्दै उनले यस एनपीएलमा पहिलो अर्धशतक प्रहार गरे ।
समग्रमा भने टी२० मा उनको यो ११औं अर्धशतक हो । २४ वर्षीय बायाँ हाते श्रीलंकन ओपनिङ ब्याटरले राष्ट्रिय टिमबाट १ टेष्ट, ६ ओडिआई र २८ टी२०आई खेल खेलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4