+
+
Shares

कोप-३१ लाई हिमालको आवाज सुनिने बनायौं : मन्त्री चौधरी

ठूलो जनधनको क्षति गरेको रसुवा बाढीपछि पुनःस्थापनाका लागि चाहिने ५ अर्ब अमेरिकी डलरका लागि स्रोत जुटाउन संघर्ष गर्नुपरेको मन्त्री चौधरीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १८:२५

२ मंसिर, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले कोप–३१ लाई हिमालको आवाज सुनिएको सम्मेलन बनाउन आग्रह गरेकी छन् ।

टर्कीएको आन्ताल्यामा जारी कोप–३१ मा समापन मन्तव्य दिंदै उनले हिमालको महत्त्व तल्लो तटीय क्षेत्रदेखि समुद्रसम्म उत्तिकै रहेको बताएकी हुन् ।

ठूलो जनधनको क्षति गरेको रसुवा बाढीपछि पुनःस्थापनाका लागि चाहिने ५ अर्ब अमेरिकी डलरका लागि स्रोत जुटाउन संघर्ष गर्नुपरेको मन्त्री चौधरीको भनाइ छ ।

‘यो केवल वित्तीय अभाव होइन, न्याय र समानताको अभाव हो,’ सम्मेलनमा उनले भनिन्, ’नेपालका जनता हेरिरहेका छन्। रसुवा–भोटेकोशी बाढीमा आफ्ना प्रियजन गुमाएका ३४ देशका परिवारहरू हेरिरहेका छन्। ’

मन्त्री चौधरीले विज्ञान र बहुप्रकोप पूर्वसूचना प्रणाली, जलवायु वित्त तथा न्याय र समानतामा जोड दिनुपर्ने धारणा राखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?