+
+
Shares

मंसिर ८ गते पुनर्गठन दिवस मनाउँदै विप्लवको पार्टी

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते ९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विप्लव सीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले मंसिर ८ गते देशभर पार्टी पुनर्गठन दिवस मनाउने भएको छ।
  • केन्द्रीय कार्यालयले मंसिर ६ गते साहित्यिक र ७ गते सरसफाइ तथा प्रचारप्रसार कार्यक्रम गर्न परिपत्र जारी गरेको छ।
  • परिपत्रअनुसार मंसिर ८ गते देशभर उत्सव आयोजना गरी सोही दिन कम्युन मार्ग उद्घाटन गरिनेछ।

३ मंसिर, काठमाडौं । विप्लव सीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) ले देशैभर पार्टी पुनर्गठन दिवस मनाउँदैछ ।

यही मंसिर ८ गते पार्टी पुनर्गठन दिवस मनाउने गरी केन्द्रीय कार्यालयले विभिन्न कार्यक्रमसहित परिपत्र जारी गरेको छ ।

महासचिव विप्लव सीले जारी गरेको परिपत्रमा दिवसका अवसरमा चारवटा कार्यक्रम गर्न निर्देशन दिइएको छ ।

परिपत्रअनुसार मंसिर ६ गते साहित्यिक कार्यक्रम, मंसिर ७ गते सरसफाइ तथा प्रचारप्रसार कार्यक्रम आयोजना गर्न भनिएको छ । त्यस्तै, मंसिर ८ गते देशभर उत्सव आयोजना गर्ने र सोही दिन कम्युन मार्ग उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?