News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा रायो, पालुंगो र तोरी सागको थोक भाउ बढेको छ।
- कालीमाटी बजारमा बिहीबार रायो साग प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ८० र औसत ६५ रुपैयाँमा किनबेच भइरहेको छ।
- पालुंगो सागको भाउ प्रतिकिलो १० रुपैयाँ बढेर न्यूनतम १ सयदेखि अधिकतम १ सय २० र औसत १ सय १० रुपैयाँ पुगेको छ।
- तोरी सागको भाउ प्रतिकिलो २० रुपैयाँ बढेर न्यूनतम ५० देखि अधिकतम ७० र औसत ६० रुपैयाँ कायम भएको छ।
३ मंसिर, काठमाडौं । बजारमा सागको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले रायो, पालुंगो र तोरी सागको भाउ बढेको देखाएको हो ।
बिहीबार कालीमाटी बजारमा रायो सागको भाउ थोकमा प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ८० र औसत ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो बुधबार भने रायो साग प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ८० र औसत ६० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै कालीमाटी बजारमा आज पालुंगो साग प्रतिकिलो १० रुपैयाँ बढेको छ । हिजो बुधबार न्यूनतम ८० देखि अधिकतम १ सय २० र औसत १ सय रुपैयाँमा किनबेच भएको उक्त साग आज न्यूनतम १ सयदेखि अधिकतम १ सय २० र औसत १ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।
आज तोरी सागको मूल्य पनि थोकमा प्रतिकिलो २० रुपैयाँ बढेको छ । आज यस सागको मूल्य प्रतिकिलो न्यूनतम ५० देखि अधिकतम ७० र औसत ६० रुपैयाँ कायम छ ।
हिजो बुधबार तोरी साग प्रतिकिलो न्यूनतम ३० देखि अधिकतम ५० र औसत ४० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया 4