+
+
Shares

गायक तथा संगीतकार भविन ढुंगानाको ‘अनप्लग्ड लाइभ कन्सर्ट’ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक तथा संगीतकार भविन ढुंगानाले मंसिर १३ गते काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानको मिनी हलमा ‘भविन ढुंगाना लाइभ इन कन्सर्ट’ गर्ने भएका छन्।

काठमाडौं । गायक तथा संगीतकार भविन ढुंगानाले आगामी मंसिर १३ मा काठमाडौंमा विशेष सांगीतिक कार्यक्रम ‘भविन ढुंगाना लाइभ इन कन्सर्ट’ आयोजना गर्ने भएका छन् ।

जमलस्थित सांस्कृतिक संस्थानको मिनी हलमा साँझ ५ बजेदेखि सुरु हुनेछ । करिब १०० जना दर्शकको सहभागितामा आयोजना हुने कार्यक्रमलाई आत्मीय तथा विशेष सांगीतिक प्रस्तुतिका रूपमा तयार गरिएको आयोजकले जनाएको छ ।

शास्त्रीय संगीतमा प्रशिक्षित गायक तथा संगीतकार ढुंगानाले कार्यक्रममा पूर्वीय शास्त्रीय,अर्धशास्त्रीय तथा समसामयिक फ्युजन विधाका गीतसंगीत प्रस्तुत गर्नेछन्।

नेपाली संगीत क्षेत्रमा करिब दुई दशकदेखि सक्रिय ढुंगाना गायक, संगीतकार तथा गायन प्रशिक्षकका रूपमा परिचित छन्। उनी नेपाली तारा सिजन १ का उत्कृष्ट प्रतिस्पर्धीसमेत हुन् । साथै, उनले ‘द भ्वाइस अफ नेपाल’ का पहिलोदेखि तेस्रो सिजनसम्म गायन सल्लाहकारका रूपमा काम गरेका थिए।

ढुंगानाले संगीत र दर्शकबीच प्रत्यक्ष तथा आत्मीय सम्बन्ध स्थापित गर्न कन्सर्ट गर्न लागेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?