News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले सिद्धार्थनगरपालिकालाई रुपन्देहीको भैरहवास्थित डन्डा नदीमा फोहोर नफाल्न फैसला सुनाएको छ।
- अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अञ्जली सिलवालले १५ चैत २०८२ मा नदीमा फोहोर फाल्दा प्रदूषण भएको भन्दै रिट दायर गरेका थिए।
- सर्वोच्चले सिद्धार्थनगरपालिकालाई फोहोर अन्यत्र व्यवस्थापन गर्न र डन्डा क्षेत्रमा फोहोर फाले कडा कारबाही गर्न भनेको छ।
३ मंसिर, काठमाडौं । रुपन्देहीको भैरहवास्थित डन्डा नदीमा फोहोर नफाल्न सर्वोच्च अदालतले सिद्धार्थ नगरपालिकाको नाममा फैसला सुनाएको छ।
अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अञ्जली सिलवालले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले डन्डा नदीमा फोहोर नफाल्न फैसला गरेको हो।
सर्वोच्च अदालतमा १५ चैत २०८२ मा बख्रेल र सिलवालले सिद्धार्थनगर पालिकाले नगरभित्रबाट उठाएको फोहोर डन्डामा फाल्ने गरेको र उक्त फोहोरका कारण वातावरणीय प्रदूषण भएको भन्दै रिट दायर गरेका थिए।
उक्त रिटमा ४ वैशाख २०८३ गते सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी गरेको थियो। बुधबार सोही आदेशलाई निरन्तरता दिँदै सर्वोच्चले फैसला सुनाएको हो।
यो फैसलासँगै सिद्धार्थनगर नगरपालिकालाई डन्डा क्षेत्रमा फोहोर फाल्न रोक लागेको छ। साथै सिद्धार्थनगरपालिकालाई उक्त फोहोरमैला अन्य ठाउँमा व्यवस्थापन गर्न, उक्त ठाउँमा फोहोर फालेमा कडा कारबाही गर्न र फोहोरमैला व्यवस्थापनका लागि अन्य आवश्यक कानुन बनाउन समेत सर्वोच्चले फैसलामा भनेको छ।
प्रतिक्रिया 4