+
+
Shares

एपेक शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले सम्बोधन गरिरहँदा ट्रम्प उँघेपछि…

चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्यासिफिक क्षेत्रका लागि चीनका आशाहरू प्रस्तुत गरिरहेका थिए। लाइभ फिड अनुसार, ८० वर्षीय ट्रम्प सोही समयमा झकाएको देखिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको सेन्जेनमा भएको एपेक समिटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वार्ताका क्रममा आफ्नै सिटमा उँघिरहेको जस्तो देखिएपछि चर्चा भएको छ।
  • चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्यासिफिक क्षेत्रका लागि चीनका आशा प्रस्तुत गरिरहँदा ट्रम्प झकाएको जस्तो देखिएका थिए भने पुटिन बैठकमा केन्द्रित देखिए।
  • ट्रम्प आज सीसँग द्विपक्षीय वार्ता गर्ने र त्यसपछि पुटिन पनि सहभागी हुने अपेक्षा गरिएको छ।

३ मंसिर, काठमाडौं । चीनको सेन्जेनमा आयोजित एपेक समिटमा वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नै सिटमा उँघिरहेको जस्तो देखिएको दृश्य अहिले चर्चामा छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया-प्यासिफिक क्षेत्रका लागि चीनका आशाहरू प्रस्तुत गरिरहेका थिए। लाइभ फिड अनुसार, ८० वर्षीय ट्रम्प सोही समयमा झकाएको जस्तो देखिए । उता, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजर भने बैठककोमै केन्द्रित रह्यो। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र हङकङका नेता जोन लीले नोटहरू लेखिरहेका थिए ।

जापानी प्रधानमन्त्री सानाए ताकाइची सीको सम्बोधनको केही भागमा मुस्कुराइरहेको देखिइन्।

जुन महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कंग्रेसनल सुनुवाइमा एक विषय अस्वीकार गरेका थिए। ट्रम्प मन्त्रिपरिषद् बैठकसहित सार्वजनिक स्थानहरूमा प्रायः उँघ्ने गरेको कुरालाई उनले नकारेका थिए।

‘मैले उनलाई कहिल्यै निदाएको देखेको छैन । यसको विपरीत, ती व्यक्ति सुत्दैनन्, जुन एउटा ठूलो समस्या हो’ उनले हाउस फरेन अफेयर्स कमिटीलाई बताएका थिए।

अप्रिलमा एजेन्स फ्रान्स-प्रेसको एक रिपोर्टअनुसार, सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको थियो। उक्त तस्बिरमा ह्वाइट हाउसको एक कार्यक्रममा ट्रम्प निदाइरहेको देखाइएको थियो। तर, त्यो तस्बिर एक ग्राफिक आर्टिस्टले बनाएका थिए। ती कलाकारले समाचार एजेन्सीलाई त्यो एक प्यारोडी भएको बताएका थिए।

विगत तीन दिनदेखि ट्रम्पको कार्यतालिका निकै व्यस्त रहेको छ। उनी आसियान समिटका लागि मंगलबार स्थानीय समयअनुसार साँझ ५:३० बजे फिलिपिन्सको राजधानी मनिला पुगेका थिए।

त्यसपछि उनी बुधबार दिउँसो स्थानीय समयअनुसार ४:३० बजे चीनमा अवतरण गरे। विमानस्थलमा उनलाई सीले स्वागत गरेका थिए। उनी बुधबार साँझ राजकीय रात्रिभोजमा सहभागी भए। बिहीबार बिहान ९:२४ बजेसम्ममा उनको मोटरकेड एपेक सम्मेलन स्थलतर्फ प्रस्थान गरिसकेको थियो।

आज दिउँसो ट्रम्पले सीसँग द्विपक्षीय वार्ता गर्ने अपेक्षा गरिएको छ। त्यसपछि उनीहरूसँग पुटिन पनि सामेल हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?