+
+
Shares

४ महिनामा साढे १९ अर्ब बराबर एफडीआई प्रतिबद्धता

कात्तिकका मात्र ८५ उद्योग दर्ता भए । जसमार्फत ३ अर्ब ४२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ।
  • उद्योग विभागका अनुसार सो अवधिमा ४९७ उद्योग दर्ता भएका छन्, जसमध्ये कात्तिकमा ८५ उद्योग दर्ता भई ३ अर्ब ४२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
  • गत आवको कात्तिकसम्म ३६ अर्ब ६८ करोड रुपैयाँ एफडीआई स्वीकृत भएको थियो, जसको तुलनामा चालु आवको लगानी झन्डै आधा कम छ।

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चार महिना (साउन–कात्तिक) मा साढे १९ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ ।

उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्म १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ । यस अवधिमा कुल ४ सय ९७ उद्योग दर्ता भएका छन् । कात्तिकका मात्र ८५ उद्योग दर्ता भए । जसमार्फत ३ अर्ब ४२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ ।

गत आव कात्तिकसम्म ३६ अर्ब ६८ करोड बराबर एफडीआई स्वीकृत भएको थियो । चालु आव गत आवको तुलनामा झन्डै आधा कम भएको छ ।

चालु आव स्वीकृत एफडीआईमध्ये ४ ठूला र २ मझौला उद्योगमा आएको छ । बाँकी ४ सय ९१ साना प्रकृतिका उद्योगमा लगानी स्वीकृत भएको विभागको तथ्यांक छ ।

कात्तिकमा एक ठूलो र बाँकी सबै साना उद्योग दर्ता भएका छन् । यस वर्ष आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै रकम पर्यटनमूलक उद्योगमा ८ अर्ब ६६ करोड बराबर आएको छ । कुल १ सय ४६ उद्योग पर्यटनमूलक उद्योगका रूपमा दर्ता भएका छन् ।

त्यस्तै ऊर्जामूलक ३ उद्योग दर्ता भएकोमा लगानी प्रतिबद्धता भने ४ अर्ब ५ करोड बराबर आएको छ । सेवामूलक उद्योगमा कुल ४४ दर्ता भएकोमा लगानी प्रतिबद्धता ३ अर्ब ९५ करोड बराबर आएको विभागले जनाएको छ ।

संख्यात्मक रूपमा सबैभन्दा धेरै उद्योग सूचना प्रविधिमा २ सय ७२ वटा दर्ता भएको तथ्यांक छ । यस वर्ष उत्पादनमूलक २९ उद्योग दर्ता भएकोमा १ अर्ब ७५ करोड बराबर लगानी प्रतिबद्धता आएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?