+
+
Shares

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असोज मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
  • राष्ट्र बैंकका अनुसार सञ्चिति २७ अर्ब ३९ करोड अमेरिकी डलर पुगेको छ र असार मसान्तको तुलनामा रुपैयाँमा ६.८ प्रतिशत तथा डलरमा ८.२ प्रतिशत बढेको छ ।
  • बैंकिङ क्षेत्रको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

३ मंसिर, काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय स्थिति रिपोर्ट अनुसार मुद्रा सञ्चिति २७ अर्ब ३९ करोड अमेरिकी डलर बराबर पुगेको छ । असार मसान्तसम्मको तुलनामा सञ्चिति रुपैयाँमा ६.८ प्रतिशत बढेको हो भने अमेरिकी डलरमा ८.२ प्रतिशत बढेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।  त्यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ छ ।

२०८३ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८३/८४ को तीन महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?