+
+
Shares

जुवातास खेलिरहेको अवस्थामा म्याग्दी र धनकुटाबाट २५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्याग्दीको मालिका गाउँपालिका–६ माथिल्लो दरबाङस्थित बिष्णु निउरेको घरबाट जुवातास खेलिरहेका अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारस्थित तेजकुमार श्रेष्ठको घरबाट जुवा खेलिरहेका अवस्थामा २० जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • प्रहरीले दुवै स्थानबाट नगद र जुवाका सामग्री पनि बरामद गरेको छ।

४ मंसिर, काठमाडौं । म्याग्दी र धनकुटाबाट जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ परेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय बिष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा बिष्णुसमेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

त्यस्तै, धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमार बस्ने ४८ वर्षीय तेजकुमार श्रेष्ठको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा तेजकुमार समेत २० जनालाई गए राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८८ हजार ९ सय ७० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?