+
+
Shares

माइतीघरमा इनमको मोबाइल खोजी (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ मंसिर ४ गते १७:५५

४ मंसिर, काठमाडौं । विवादित विचौलिया इनम सापकोटाको मोबाइल प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का प्रमुख सल्लाहकार कुमार बेनले नियन्त्रणमा लिएको भन्दै विरोध भएको छ ।

जेनजी युवाहरूको अगुवाइमा शुक्रबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शनमा भएको हो ।

सापकोटाको मोबाइल दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले नियन्त्रण लिएको भन्दै उनीहरूले विरोध गरेका हुन् । प्रदर्शनकारीले बेनलाई लक्षित गरी लेखिएका प्लाकार्डहरू बोकेका थिए ।

विवादित व्यक्तिको मोबाइल अनुसन्धान गर्नुपर्ने निकायबाट बेनले नियन्त्रणमा लिएको भन्दै उनको विरोध हुँदै आएको छ ।

‘कुमार जी आज्ञा गर्नुहुन्छ, रास्वपा चुप लाग्छ’, ‘हामी जाने कहाँ ? इनमको फोन छ जहाँ’, ‘फोन प्रहरीसँगै थियो भने ज्वागल पुग्यो कसरी ?’ लगायतका नारा लेखिएका प्लेकार्ड उनीहरूले बोकेका थिए ।

गत असोजमा प्रक्राउ परेका इनम प्रहरीको हिरासतमा छन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?