६ मंसिर, काठमाडौं । यूएईको अबुधाबीस्थित हृदयरियाट टापुमा हुने २०२६ वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।
नेपाल ट्रायथलन संघका अनुसार नेपालको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीमा सन्तोष राई र सन्तोष कर्माचार्य रहेका छन् ।
उनीहरूले १ सय ५३ किलोमिटर लामो दूरी पूरा गर्नेछन् । त्यसमा ३.५ किलोमिटर पौडी, १ सय २० किलोमिटर साइक्लिङ र ३० किलोमिटर दौड रहेको छ । राईले ४५–४९ वर्ष उमेर समूहमा खेल्नेछन् भने कर्माचार्यले भने ५०–५४ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टिमको प्रशिक्षक तथा व्यवस्थापकमा युवराज सुनुवार रहेका छन् ।
राई गिनिज वर्ल्ड रेकर्ड होल्डर खेलाडी हुन् । उनले यसअघि अमेरिकामा भएको आइरनम्यान वर्ल्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेका छन् । यस्तै कर्माचार्यले ६ फुल आइरनम्यान ट्राथलन र २० हाफ आइरनम्यान दौड खेलिसकेका छन् ।
दुवै खेलाडीले यसअघि सन् २०२४ र २०२५ को वर्ल्ड ट्रायथलन लङ डिस्ट्यान्स च्याम्पियनसिप पनि खेलिसकेका छन् । त्यसैले अहिलेको प्रतियोगिता राई र कर्माचार्य दुवैका लागि लगातार तेस्रो सहभागिता रहनेछ ।
प्रतिक्रिया 4