+
राइजिङ स्टार्स एसिया कप :

यूएईविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

२०८३ मंसिर  ६ गते ११:२८ २०८३ मंसिर ६ गते ११:२८

६ मंसिर, काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ ।

कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले यसअघि पहिलो खेलमा २६ रनमा अलआउट हुँदै भारतसँग लज्जास्पद हार बेहोरेको थियो । यूएई पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो ।

आजको खेल नेपालका लागि १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल पनि हो । नेपालले अहिलेसम्म सबैभन्दा धेरै ओडीआई पनि यूएईविरुद्ध नै खेलेको छ।

दुई टोलीबीच २० खेल हुँदा नेपालले १२ जित निकालेको छ भने आठ खेलमा पराजित भएको छ। यूएईविरुद्ध नै नेपालले सबैभन्दा धेरै जित र हार दुवै बेहोरेको छ।

नेपालले पछिल्लोपटक यूएईसँग एसीसी प्रिमियर कपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान बनाएको थियो।

हालसम्म खेलेका ९९ ओडीआईमा नेपालले ४९ जित निकालेको छ। ४७ खेलमा पराजित भएको नेपालले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा आएको छैन।

आज यूएईलाई हराउन सके नेपालले आफ्नो १००औं ओडीआईलाई ५०औं जितसँगै यादगार बनाउन सक्नेछ।

नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय