+
+
Shares

बालेनसँगको भेटपछि जयशंकरले लेखे– नेपालसँगको विशेष मित्रता महत्वका साथ लिएका छौं

आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १९:३१

६ मंसिर, काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले विशेष मित्रताको रुपमा लिएको उल्लेख गरेका छन् ।

आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शाह आजबाट दुई दिने भ्रमणका लागि भारतको नयाँ दिल्लीमा छन् ।

सो क्रममा उनले पहिलो औपचारिक भेट विदेशमन्त्री डा. जयशंकरसँग गरेका हुन् ।

‘आज साँझ नयाँदिल्ली भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्न पाउँदा खुसी लागेको छ,’ जयशंकरले लेखेका छन् ।

उनले नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिएको बताएका छन् ।

त्यस्तै, प्रधानमन्त्री शाहको सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताको प्रतीक्षा गरिरहेको पनि आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?