+
+
Shares

दिल्लीमा मोदी–बालेन अंकमाल (तस्वीरहरू)

सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई न्यानो स्वागत गरे । स्वागतका क्रममा उनीहरूले अंकमाल गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते ११:४४

७ मंसिर, काठमाडौं । दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा अहिले भेटवार्ता जारी छ । भेटवार्ता अघि प्रधानमन्त्री बालेनलाई राष्ट्रपति निवास हैदरावाद हाउसमा गार्ड अफ अनर प्रदान गरिएको थियो ।

भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।

सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई न्यानो स्वागत गरे । स्वागतका क्रममा उनीहरूले अंकमाल गरेका थिए ।

लगत्तै उनले शाह राजघाट पुगेर गान्धी समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए ।

अहिले हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता जारी छ । त्यसलगत्तै दुवै देशका प्रतिनिधिमण्डलबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् । दिउँसो ३स्१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४स्५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् । उनी साँझ ६स्३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?