+
+
Shares

मोदीलाई बालेनको गिफ्ट : रुद्राक्ष, शालिग्राम र पशुपतिको चन्दन

आज दिल्लीमा मोदीसँग भएको भेटमा बालेनले कलात्मक काठको बट्टाभित्र राखेर रुद्राक्ष उपहार दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १२:०५

७ मंसिर, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादको सेट उपहार दिएका छन् ।

उपहार सेटमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन राखिएको छ ।

आज दिल्लीमा भएको भेटमा बालेनले कलात्मक काठको बट्टाभित्र राखेर उपहार दिएका थिए ।

भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदान प्रदान गरेका थिए ।

मोदीले भने बालेनलाई गंगाजल राखिएको घडा उपहार दिएका छन् ।

मोदीलाई बालेनले दिएको यो उपहारसेट व्यक्तिगत रहेको उनको सचिवालय स्रोतले जनाएको छ ।

दूतावासको तर्फबाट भने प्रधानमन्त्री मोदीलाई मच्छिद्रनाथको उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?