+

नेपालका प्रज्वल प्रताप क्षेत्री बंगलादेशी क्लब ढाका वन्डरर्सको मुख्य प्रशिक्षक

२०८३ मंसिर  ७ गते १२:२३ २०८३ मंसिर ७ गते १२:२३

७ मंसिर, काठमाडौं । नेपाली प्रशिक्षक प्रज्वल प्रताप क्षेत्री बंगलादेशी क्लब ढाका वन्डरर्सको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।

ढाका वन्डरर्सले सामाजिक सञ्जालमार्फत क्षेत्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो। उनले असादुजामान असदको स्थान लिनेछन्।

एएफसी ए लाइसेन्स तथा हल्यान्ड फुटबल युनिभर्सिटीबाट सी लेभलको लाइसेन्स प्राप्त क्षेत्री पहिलोपटक बंगलादेशी क्लबको मुख्य प्रशिक्षक बनेका हुन्। उनले गत वर्ष नेपालमा भएको राष्ट्रिय लिगमा चित्लाङ क्लबको मुख्य प्रशिक्षकका रूपमा काम गरेका थिए।

ढाका वन्डरर्स बंगलादेशको शीर्ष श्रेणीको लिग बंगलादेश फुटबल लिगमा प्रतिस्पर्धा गर्ने टोली हो। सन् २०२४ मा दोस्रो श्रेणीमा झरेको क्लब २०२५–२६ सिजनको बंगलादेश च्याम्पियन्स लिगबाट शीर्ष श्रेणीमा फर्किएको थियो।

ढाका वन्डरर्समा नेपाली खेलाडी युवराज ढकाल र सौरभ विक्रम कार्की पनि आबद्ध छन्। १३ टोली सहभागी लिगमा वन्डरर्सले सुरुवाती चारै खेलमा हार बेहोरेको छ। अंकविहीन रहेको टोली तालिकाको पुछारमा छ।

बंगलादेशको लिगमा प्रतिस्पर्धा गरिरहेका १३ मध्ये आठ क्लबमा नेपाली खेलाडी आबद्ध छन्।

प्रज्वल प्रताप क्षेत्री

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय