+

एफआईभीबीका अध्यक्षलाई टाइगर कप भलिबलम प्रमुख अतिथिको निमन्त्रणा

२०८३ मंसिर  ७ गते १२:२७ २०८३ मंसिर ७ गते १२:२७

७ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) का अध्यक्ष फाबियो अजभेदोलाई टाइगर कप आमन्त्रण भलिबल प्रतियोगिताको फाइनल खेलमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा दिइएको छ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले डोमिनिकन रिपब्लिकको पुन्टा कानामा जारी एफआईभिबीको ४०औँ विश्व कंग्रेसका क्रममा अजभेदोलाई निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन्।

आगामी २०२७ फेब्रुअरी ७ (माघ २४) गते पोखरामा आयोजना हुने टाइगर कपको फाइनल समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन उनलाई निमन्त्रणा गरिएको हो।

निमन्त्रणा स्वीकार गर्दै अजभेदोले प्रतियोगितामा सहभागी हुन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने आश्वासन दिएका छन्। यसअघि एसियन भलिबल काउन्सिलको साधारण सभाका क्रममा पनि उनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए।

एफआईभिबी अध्यक्षको सम्भावित नेपाल भ्रमणले नेपाली भलिबलको अन्तर्राष्ट्रिय पहिचान र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाल भलिबल संघ र टाइगर ग्रुप अफ पोखराले उनलाई बुद्ध जन्मभूमि तथा सगरमाथाको देश नेपालमा स्वागत गर्न आफूहरू आतुर रहेको जनाएका छन्।

एफआईभीबी टाइगर कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय