+
+
Shares

बालेनलाई मोदीको गिफ्ट- गुजराती सादेली बाकसमा बनारसी रेशमी दोसल्ला

दुई दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहलाई मोदीले परम्परागत गुजराती सादेली बाकसमा राखिएको वाराणसीको बनारसी ब्रोकेड रेशमी दोसल्ला उपहार प्रदान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १७:०७

७ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन शाहलाई उपहार पठाएका छन् ।

दुई दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहलाई मोदीले परम्परागत गुजराती सादेली बाकसमा राखिएको वाराणसीको बनारसी ब्रोकेड रेशमी दोसल्ला उपहार प्रदान गरेका हुन् ।

उनीहरूबीच सोमबार दिउँसो एक्लाएक्लै र दुईपक्षीय वार्ताका क्रममा भेटवार्ता भएको थियो ।

दुईपक्षीय छलफल सकेलगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो । जहाँबाट विभिन्न परियोजनामा सम्झौता, सहमति र उद्घाटन भएका थिए ।

प्रधानमन्त्री शाह आजै भ्रमण सकेर स्वदेश फर्कंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?