+
+
Shares

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ: होगन

एएनआईसँग कुरा गर्दै उनले हर्मुज जलघाँटी र कृष्ण सागर क्षेत्रका द्वन्द्वले मल तथा ऊर्जाको मूल्य बढाउँदा विश्वभरका किसान प्रभावित भएको बताएका हुन्। स्थानीय उत्पादन सुरक्षित भए विश्वव्यापी खाद्य सुरक्षा पनि बलियो हुने उनको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १९:३१

७ मङ्सिर, नयाँदिल्ली (रासस/एएनआई)। द्वन्द्व, आपूर्ति शृङ्खलामा अवरोध र कृषि सामग्रीको बढ्दो मूल्यले खाद्य सुरक्षामा चुनौती थपिरहेका बेला स्थानीय उत्पादन र कृषि क्षेत्रको उत्थानशीलता बलियो बनाउनुपर्ने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक पदका उम्मेदवार फिल होगनले बताएका छन्।

एएनआईसँग कुरा गर्दै उनले हर्मुज जलघाँटी र कृष्ण सागर क्षेत्रका द्वन्द्वले मल तथा ऊर्जाको मूल्य बढाउँदा विश्वभरका किसान प्रभावित भएको बताएका हुन्। स्थानीय उत्पादन सुरक्षित भए विश्वव्यापी खाद्य सुरक्षा पनि बलियो हुने उनको भनाइ छ ।

होगनले एफएओको मुख्यालयमा मात्र निर्णय केन्द्रित नगरी क्षेत्रीय तथा देशगत कार्यालयलाई सुदृढ बनाउनुपर्ने बताए । किसानका आवश्यकता र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषि कार्यक्रमका लागि पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।

उनले खाद्य सुरक्षालाई विश्वव्यापी राजनीतिक तथा सुरक्षा छलफलको केन्द्रमा राख्न, जलवायु परिवर्तनसँग जुध्न तथा डिजिटल कृषि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए । प्रविधिको लाभ साना किसानसम्म पु-याउनुपर्ने र कृषि क्षेत्रबाट विशेषगरी अफ्रिका तथा भारतमा रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए।

भारतसँग डिजिटल कृषि, चक्रीय तथा जैविक अर्थतन्त्रमा पर्याप्त विशेषज्ञता रहेको उल्लेख गर्दै होगनले विकासशील देशको लाभका लागि दक्षिण–दक्षिण सहकार्य विस्तार गर्न नयाँदिल्लीसँग काम गर्ने इच्छा व्यक्त गरे।

महानिर्देशक पदको उम्मेदवारीका लागि समर्थन जुटाउन भारत पुगेका होगनले त्यहाँका कृषि तथा विदेश मामिला मन्त्रालयका अधिकारीसँग भेट गरी एफएओका कार्यक्रम र कार्यान्वयन प्रणाली सुधारबारे छलफल गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?