+

आर्थिक तथा प्रशासनिक निलम्बन फुकुवासँगै एन्फा फर्किए अध्यक्ष र महासचिव

२०८३ मंसिर  ७ गते १९:५१ २०८३ मंसिर ७ गते १९:५१

४ मंसिरमा राखेपले एन्फामाथि आर्थिक तथा प्रशासनिक निलम्बन फुकुवा गरेसँगै एन्फा फर्किएको महासचिव राईले बताए ।

७ मंसिर, काठमाडौं । लामो समयपछि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई एन्फा मुख्यालय पुगेका छन् । उनीहरू सोमबार एन्फा मुख्यालय सादोबाटो पुगेका हुन् ।

एन्फामाथि ११ असारमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) बाट र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट आर्थिक तथा प्रशासनिक निलम्बन भएको थियो ।

४ मंसिरमा राखेपले एन्फामाथि आर्थिक तथा प्रशासनिक निलम्बन फुकुवा गरेसँगै एन्फा फर्किएको महासचिव राईले बताए । अफिसहरू खोलेर दैनिक गतिविधि अगाडि बढाएको उनको भनाइ छ ।

आर्थिक अनियमिताको आरोप लागेका उनीहरू लामो समय फरार सूचीमा थिए । ११ कात्तिकमा जिल्ला अदालत ललितपुरमा उपस्थित भएका उनीहरू जनही ५ लाख धरौटीमा रिहा भएका थिए ।

यता बहुमत सदस्यहरूले अध्यक्ष र महासचिव बिना वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काको नेतृत्वमा बैठक बसेको थिए । बहुमत सदस्यबाट निमित्त महासचिवको जिम्मेवारी पाएका दामोदर भण्डारीले अध्यक्ष र महासचिव कार्यालय गएको जानकारी आएको बताए ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले केही दिनअघि फिफा र एएफसीका प्रतिनिधिसँग वार्ता गरेसँगै एन्फा निलम्बन फुकुवा हुने आस नेपाली फुटबलमा पलाएको छ ।

एन्फा पंकजविक्रम नेम्बाङ महासचिव किरण राई

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय