+
+
Shares

रोज राणा बने कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापति

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते ६:०८

८ मंसिर, देउखुरी । नेपाली कांग्रेस देउवा समूहको लुम्बिनी प्रदेश सभापतिमा पूर्वमन्त्री तथा युवा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन् ।

दाङ देउखुरीको पाखापानीमा सोमबार राति सम्पन्न लुम्बिनी प्रदेशको दोस्रोअधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गरेको देउवा समूहका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले जानकारी दिए ।

थापा प्यूठानबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी लुम्बिनी प्रदेश सरकारमा दुई पटक मन्त्री बनेका छन् । पहिलो पटक यातायात मन्त्री र दोस्रो पटक शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थापा यसअघि दुई कार्यकाल नेपाली कांग्रेस प्यूठानको क्षेत्रीय सभापति पनि भइसकेका छन् ।

उनको नेतृत्वमा प्रदेशस्तरमा देउवा पक्षले आफ्नो संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्य चयनका लागि पनि सर्वसम्मत सहमति जुटाउने प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन उदघाटन समारोहमा नेताहरु शेरबहादुर देउवा, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, उमाकान्त चौधरी, मोहनबहादुर बस्नेत, एनपी साउद, डा. प्रकाशशरण महत, रामजनम चौधरी, जीतजंग बस्नेत, रंगमती शाही, लक्ष्मी खतिवडा, भुपेन्द्र राई, केदार कार्की, जीतबहादुर शेरचन, मेखलाल श्रेष्ठलगायतका नेताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?