८ मंसिर, काठमाडौं । पूर्वी नेपालको सीमा क्षेत्रमा भूकम्प गएको छ । आज बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्तेजुङको ओलाङचुङ गोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो । यो तिब्बतसँग जोडिएको क्षेत्र हो ।
भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पले क्षति पुगे/नपुगेको विवरण भने आइसकेको छैन ।
उता अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भने भूकम्पको केन्द्रविन्दु सिक्किम राज्यको मंगन क्षेत्रको करिब ६७ किलोमिटर दूरीमा रहेको र १० किलोमिटर गहिराइमा गएको यूएसजीएसले उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4