+
+
Shares

बाँकेमा मेलामा २ पक्षबीच झडप, स्थिति नियन्त्रण लिन ८ राउण्ड गोली चल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते ११:४४

८ मंसिर, काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानीमा बिहानपख गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसीका अनुसार दुई पक्षबीचको झडपलाई नियन्त्रणमा लिन प्रहरीले बिहान पौन ४ बजेतिर ८ राउण्ड हवाई फायर गरेको हो ।

चिसापानीमा लागेको मेलामा दुई पक्षबीच राति झडप भएको थियो । मेलामा राति आगो बालेर बसेका दुई समूहका युवाबीच झण्डप भएको थियो । ढुंगामुढा हानाहानदेखि अगुल्टोले समेत हान्ने काम भएको थियो ।

उनीहरुलाई छुट्याउन गएको प्रहरीमाथि समेत आक्रमण भएको र सईसहित चार प्रहरी घाइते भएको बताइएको छ । दुई पक्षबीच झडप भएर मानवीय क्षतिको अवस्था आउन लागेपछि स्थिीती नियन्त्रणमा लिन इन्सार राइफलबाट ८ राउण्ड हवाई फायर गरिएको प्रहरीले बताएको छ ।

दुई पक्षबीचको झडपमा परेर एक जना घाइते भएका छन् । अहिले उनको उपचार भइरहेको छ । झडपमा संलग्न भएको आरोपमा एक जनालाई भने प्रहरीले पक्राउ गरेको छ ।

यो मेला जागरण्ण युवा क्लब चिसापानी बाँकेले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?