+
+
Shares

६ एजेन्डामा छलफल गर्दै कांग्रेस, केन्द्रीय सदस्यलाई बोल्न पाँच मिनेट

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ एजेन्डामाथि छलफल हुने कांग्रेसले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १५:००

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ एजेन्डामाथि छलफल हुने कांग्रेसले जनाएको छ।

कांग्रेसका अनुसार संगठनको आगामी कार्यभार – हामी तयार छौं अभियान, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुन:स्थापना र पुनर्निर्माण, विस्थापित सुकुमवासीहरूको व्यवस्थापन लगायत नागरिकका सरोकारका विषय, सरकारका पछिल्ला गतिविधिहरू, स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफल र विविध एजेन्डामा छलफल हुँदैछ।

बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यलाई पाँच मिनेटको समय निर्धारण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?