+
+
Shares

दिगो औद्योगिक विकासका लागि विश्वव्यापी सहकार्यमा जोड

संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन (युनिडो) ले विकासशील मुलुकमा औद्योगिकीकरणलाई गति दिन विकसित र विकासोन्मुख देशबीच बलियो अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १७:३१

८ मङ्सिर, भियना (रासस/सिन्ह्वा)। संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन (युनिडो) ले विकासशील मुलुकमा औद्योगिकीकरणलाई गति दिन विकसित र विकासोन्मुख देशबीच बलियो अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेको जनाएको छ ।

भियनामा सोमबार आयोजित युनिडो औद्योगिक विकास बोर्डको ६०औँ वार्षिकोत्सव कार्यक्रममा सङ्गठनका महानिर्देशक गर्ड मुलरले औद्योगिक विकासमा विश्वव्यापी एकता र सहकार्यको आवश्यकता औँल्याएका हुन् । सन् १९६६ मा विकासशील देशलाई दिगो औद्योगिकीकरणमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको युनिडोको भूमिका छ दशकपछि अझ महत्त्वपूर्ण बनेको उनले बताए।

औद्योगिक तथा विकासोन्मुख देशबीचको विकास अन्तर थप फराकिलो हुन नहुने उल्लेख गर्दै मुलरले दुवै पक्षलाई सहयोग र एकतामा आधारित नयाँ साझेदारी निर्माण गर्न आग्रह गरे।

युनिडोमा हालै पुनः आबद्ध भएको बेलायतकी स्थायी प्रतिनिधि सोनिया फेरेले रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र स्वच्छ तथा उत्थानशील अर्थतन्त्र निर्माणका लागि साझेदारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त बताइन्। बेलायत पुनः सदस्य बनेपछि युनिडोको १७४औँ सदस्य राष्ट्र भएको छ ।

केन्याका उद्योगसम्बन्धी प्रमुख सचिव जुमा मुखवानाले कृत्रिम बौद्धिकता (एआई) जस्ता नयाँ प्रविधिको तीव्र विकासले उत्पादकत्व बढाउन र नवप्रवर्तनलाई प्रोत्साहन गर्न नयाँ अवसर सिर्जना गरेको बताए । तर, विकासशील देशले पनि यस्ता प्रविधिमा समान पहुँच पाउनुपर्नेमा उनले जोड दिए ।

समावेशी तथा दिगो औद्योगिक विकास प्रवद्र्धन गर्ने विशेष जिम्मेवारी पाएको युनिडोले विकासशील देश र उदीयमान अर्थतन्त्रलाई उद्योग स्थापना तथा रूपान्तरणमा सहयोग गर्दै आएको छ ।

युनिडो औद्योगिक विकास बोर्डको ५४औँ सत्र सोमबारदेखि बुधबारसम्म भियनामा सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?