८ मङ्सिर, लस एन्जलस (रासस/सिन्ह्वा)। अमेरिकाको लस एन्जलसस्थित फोहोर सङ्कलन तथा स्थानान्तरण केन्द्रमा तीव्र रासायनिक गन्ध फैलिएपछि कम्तीमा आठ जना अस्पताल भर्ना भएका छन् ।
लस एन्जलस अग्नि विभाग (एलएएफडी) का अनुसार डाउनटाउन क्षेत्रमा रहेको उक्त केन्द्रबाट कडा गन्ध आएको सूचना प्राप्त भएपछि सोमबार आपत्कालीन उद्धार टोली घटनास्थल पुगेको थियो ।
अधिकारीहरूले गन्धको स्रोत र त्यसमा संलग्न हुन सक्ने रसायन पहिचान गर्न अनुसन्धान गरिरहेका छन् । अस्पताल भर्ना भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था र उनीहरूमा देखिएको असरबारे तत्काल विस्तृत जानकारी उपलब्ध नभएको विभागले जनाएको छ ।
घटनापछि उद्धारकर्मी र अधिकारीहरूले घटनास्थलको अवस्था मूल्याङ्कन गर्दै सम्भावित रासायनिक जोखिमबारे अनुसन्धान अघि बढाएका छन् ।
प्रतिक्रिया 4