+
+
Shares

धनुषामा ट्याक्टरले किचेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १३:५३

९ मंसिर, काठमाडौं । धनुषामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

कमला नगरपालिका–२ सराबेस्थित सडकमा म.प्र.०२–००१ त ३१९९ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार हंसपुर नगरपालिका–९ रूदौली बस्ने राम कुमार मण्डलको छोरा १४ वर्षीय जिसान्त कुमार मण्डलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको हो ।

उक्त ट्याक्टर ब्याक गर्ने क्रममा ट्याक्टरमा सवार मण्डल ट्याक्टरबाट लडेर ट्याक्टरको चक्काले किच्दा उक्त दुर्घटना भएको हो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?