+
+
Shares

१४ महिनापछि राजनीतिक कार्यक्रमा देखिइन् आरजु

जेनजी आन्दोलनपछि राजनीतिक कार्यक्रममा नदेखिएकी राणा बुधबार हङकङमा एक कार्यक्रममा देखिएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १६:०३

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको पत्नी डा. आरजु राणा देउवा धेरै समयपछि राजनीतिक कार्यक्रममा देखिएकी छन् ।

पूर्वपरराष्ट्र मन्त्री राणा चुनावअघि भारत हुँदै सिंगापुर गएकी थिइन् । उनी सिंगापुर पुग्नुअघि फागुन १३ गते पूर्व सभापति देउवा त्यहाँ पुगिसकेका थिए ।

स्वास्थ्य उपचारका लागि देउवा दम्पत्ति सिंगापुर पुगेका थिए । सिंगापुरबाट गत चैतमा दुवै जना हङकङ पुगेका थिए । पत्नी राणालाई हङकङमा छोडेर २८ साउनमा देउवा स्वदेश फर्केका थिए ।

जेनजी आन्दोलनपछि राजनीतिक कार्यक्रममा नदेखिएकी राणा बुधबार हङकङमा एक कार्यक्रममा देखिएकी हुन् । देउवा समूहले गरेको जनसम्पर्क समितिको अधिवेशनमा उनी देखिएकी हुन् ।

देउवा पक्षका नेता किरण पौडेलले हङकङमा जनसम्पर्क समितिको अधिवेशन बुधबार भएको र राणा उक्त कार्यक्रममा सहभागी भएको जानकारी गराए ।

देउवा पक्षले मंसिर २१ गते देखि २३ सम्म महाधिवेशन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?