+
+
Shares

स्वयम्भू र चन्द्रमाको लुकामारी (तस्वीरहरू)

टाढाबाट हेर्दा बत्तीको उज्यालो र चन्द्रमाले छरेको जुनेली प्रकाशसँग स्वयम्भू मस्त नुहाइरहेको थियो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ मंसिर ९ गते २०:४७

९ मंसिर, काठमाडौं । दिनभर व्यस्त राजधानीको आकाशमा बुधबार साँझ चन्द्रमा उदाउँदा सुनौलो प्रकाश फैलियो ।

पूर्णिमाको दोस्रो दिन झण्डै पूर्ण आकारको चन्द्रमा उदाउँदा राजधानीको वातावरणमा पूर्णिमाको दिन जत्तिकै ज्योति पोख्खिएको थियो ।

ठिक त्यही बेला काठमाडौंको सीतापाइलाबाट माथि हेर्दा स्वयम्भूनाथको मुख्य स्तुपासँग चन्द्रमाले लुकामारी गरिरहेको दृश्य देखियो । टाढाबाट हेर्दा बत्तीको उज्यालो र चन्द्रमाले छरेको जुनेली प्रकाशसँग स्वयम्भू मस्त नुहाइरहेको थियो ।

त्यही क्षण अनलाइनखबरको क्यामरामा धमाधम तस्वीरहरू कैद गर्‍यौं । क्यामरामा कैद नौ तस्वीरमा स्वयम्भूसँग चन्द्रमाको मनमोहक लुकामारी देखिन्छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?