१० मंसिर, काठमाडौं । प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।
जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावितका लागि खुलेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीयलाई प्रभावितका रुपमा राखिएको छ । प्रभावित स्थानीयले मुक्तिनाथ विकास बैंक र सिन्धु विकास बैंकका बनेपा तथा पाँचखाल शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन्।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । सर्वसाधारण समूहको १० प्रतिशत अर्थात् ९० लाख रुपैयाँ बराबरको ९० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुलेको छ ।
स्थानीयले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । छिटोमा मंसिर २४ तथा ढिलोमा पुस १३ गतेसम्म आवेदन खुल्नेछ ।
वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरूले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेकाले अनलाइन प्रणाली ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन्।
कस्तो छ कम्पनी ?
केयर रेटिङ नेपालले बी प्लस रेटिङ प्रदान गरेको छ । जसले दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
गत आर्थिक वर्ष कम्पनीको प्रतिसेयर आम्दानी १३.८८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ छ ।
साधारण लगानी फिर्ता हुने अवधि ४.५० वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ५.७१ वर्ष रहेको छ । सञ्चित नाफा २३ करोड १३ लाख रुपैयाँ छ ।
कम्पनीको खुद वर्तमान मूल्य १ अर्ब ५९ करोड ९८ लाख ६६ हजार ७५८ रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २४.२७ प्रतिशत रहेको छ।
प्रतिक्रिया 4