+
+
Shares

सिरहामा साइकलयात्रीलाई ठक्कर दिएर फरार गाडी तीन दिनपछि नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १५:२६

१० मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ निपानेमा साइकलयात्री वसन्त महरालाई ठक्कर दिएर फरार भएको गाडी तीन दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकका अनुसार दुर्घटनामा संलग्न गाडी फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको गाडी इलाका प्रहरी कार्यालय धनगढीमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रहरी अनुसन्धानका क्रममा गाडी धनगढीमाई नगरपालिका–९ महुवा डाँडाका पल्टु रामको रहेको खुलेको छ ।

प्रहरीले नियन्त्रणमा लिएको गाडीको नम्बर बागमती प्रदेश ०१–०२५ च ७३९६ रहेको छ।गत मंगलबार साँझ निपाने चोकमा साइकलमा सवार महरालाई उक्त गाडीले ठक्कर दिएर फरार भएको थियो ।

दुर्घटनामा महराको मृत्यु भएपछि आक्रोशित स्थानीयले फरार चालक तथा सवारीसाधनको खोजी गरी दोषीमाथि कारबाही गर्न माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?