+
+
Shares

सिरहाका प्रहरी निरीक्षक मल्ल ‘उत्कृष्ट लागूऔषध अनुसन्धानकर्ता’ को रुपमा सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ३० गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा कार्यरत प्रहरी निरीक्षक विशाल मल्ललाई ७१औँ प्रहरी दिवस–२०८३ मा ‘उत्कृष्ट लागूऔषध अनुसन्धानकर्ता’ का रूपमा सम्मान गरिएको छ।
  • नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लागूऔषध तस्करीको सञ्जाल पहिचान र अनुसन्धान सफलताका आधारमा उनलाई सम्मान गर्नुभयो।
  • सम्मानपत्रअनुसार मल्लले हतियारसहितका कारोबारीसँग दोहोरो झडपबीच टोली सुरक्षित राख्दै अभियुक्त नियन्त्रणमा लिनुभएको थियो।
  • उनले भारतबाट बालबालिकाको प्रयोग गरी नेपालमा लागूऔषध पठाउने संगठित सञ्जाल पहिचान गरी मुख्य व्यक्तिसहित तीन भारतीय नागरिक पक्राउ गराउनुभएको थियो।

३० असोज, सिरहा । सिरहामा कार्यरत प्रहरी निरीक्षक विशाल मल्ल सम्मानित भएका छन् । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा उनलाई ‘उत्कृष्ट लागूऔषध अनुसन्धानकर्ता’ का रूपमा सम्मान गरिएको हो ।

लागूऔषध तस्करीको सञ्जाल पहिचान, जोखिमपूर्ण परिस्थितिको नेतृत्व र प्रभावकारी अनुसन्धानमार्फत महत्वपूर्ण सफलता हासिल गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उनलाई सम्मान गर ।

सम्मानपत्रमा उल्लेख भएअनुसार, प्रहरी निरीक्षक मल्लले लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन जोखिमपूर्ण परिस्थितिमा समेत साहसिक नेतृत्व प्रदर्शन गरेका थिए ।

हतियारसहितका लागूऔषध कारोबारीसँग दुई पटक दोहोरो झडप हुँदा पनि आफ्नो कमान्डमा रहेको प्रहरी टोलीलाई सुरक्षित राख्दै अभियुक्तहरूलाई नियन्त्रणमा लिन सफल भएको उनको योगदानलाई सम्मानपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, भारतबाट बालबालिकाको प्रयोग गरी नेपालमा लागूऔषध पठाउने संगठित सञ्जाल पहिचान गर्नु उनको अनुसन्धानको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

उक्त सञ्जालका मुख्य व्यक्तिसहित तीन जना भारतीय नागरिक पक्राउ पर्नु लागूऔषध नियन्त्रणतर्फको सफलता मानिएको छ।

यसैगरी, सामान्य दुर्घटनासम्बन्धी घटनाबाट प्राप्त मोबाइल फोनको विश्लेषण तथा सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा ठूलो लागूऔषध तस्करी सञ्जालसम्म पुग्न सफल भएको विषयलाई पनि उनको अनुसन्धान दक्षताको प्रमाणका रूपमा सम्मानपत्रमा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?