+
+
Shares

‘सिन्दुरे जात्रा’ को ट्रेलर : लक्ष्मीको प्रेमलाई कसले राख्यो दाउमा ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते १६:०१

काठमाडौं । सरोज पौडेल निर्देशित फिल्म ‘सिन्दुरे जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बिहीबार बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै चार मिनेटको ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा कौडाका कारण उत्पन्न हुने परिस्थितिमा उनीहरूको प्रेमले भोग्ने नियतिको कथा देखाइएको छ ।

‘पिरियण ड्रामा’ जनारामा बनेको सिनेमाले तात्कालीन समयमा नेपाली समाजमा पुरुषको अहममा महिला कसरी पितृसत्ताको नियम र नतिजा भोग्न विवश थिए भन्ने कुरालाई प्रस्तुत गरेको ट्रेलरमा देखिन्छ ।

ट्रेलरमा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन् । विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’ को भूमिका निर्वाह गरेका छन् । यी दुई पात्रको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कस्तो मोडमा पुर्‍याउँछ भन्ने कौतूहल ट्रेलरले जगाएको छ ।

फिल्म मंसिर १८ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

फिल्ममा विजय, अञ्जना र विनोदका अलावा उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?