+

१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलको क्वाटरफाइनल समीकरण पूरा

२०८३ मंसिर  १० गते १७:४७ २०८३ मंसिर १० गते १७:४७

१० मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबलमा फुटबलकोर्ट र थ्री अन थ्री दुबैको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

सुर्खेत रंशालास्थित बास्केटबल कोर्टमा बिहीबार भएको समुह चरणको खेलहरु पनि क्वाटरफाइनल समिकरण तय भएको हो । दुवै फर्म्याटमा तीनवटै विभागीय टोली क्वाटरफाइनल पुगेका छन् ।

बिहीबार भएको फुलकोर्टतर्फको खेलमा एपीएफले कर्णालीलाई ६७-१९ को फराकिलो अन्तरले हरायो । एपीएफकी डोमा तामाङले ११ अंक जोडिन् । एपीएफ समूह को विजेता बन्दा लगातार दुई खेल हारेको कर्णाली समूह चरणबाटै बाहिरियो ।

यस्तै बागमतीले मधेशलाई ४३-५ ले पराजित गर्दा एलिसा कार्कीले १० अंक स्कोर गरिन् । आस्था कुलुङ राईको ९ अंक मदतमा कोशीले गण्डकीलाई ३३-७ ले हरायो ।

यस्तै एकपक्षिय खेलमा आर्मीले लुम्बिनीलाई ८०-२ को विशाल अन्तरले हरायो । आर्मीकी नौशिका लिम्बुले २४ अंक स्कोर गरिन् ।

फुटलकोर्ट समूह विभागी टोली एफीएफले पहिलो क्वाटरफाइनलमा गण्डकीसँग खेल्नेछ भने सुदुरपश्चिम र लुम्बिनीबीच दोस्रो क्वाटरफाइनल हुनेछ ।

यस्तै कोशी प्रदेशले नेपाल पुलिस क्लब र नेपाल आर्मीले बागमती प्रदेशसँग क्वाटरफाइनल खेल्नेछ ।

यसैगरी थ्री अन थ्री तर्फ बिहीबार एपीएफले कोशीलाई १२-५, कर्णालीले मधेशलाई १६-१, सुदुरपश्चिमले गण्डकीलाई ८-४ र पुलिसले लुम्बिनीलाई ५-१ ले हरायो ।

एपीएफकी अनुशी महर्जनले ४, कर्णालीकी एन्जल गुप्ताले १०, सुदूरपश्चिमकी जेनिशा श्रेष्ठले ४ र पुलिसकी श्रेया खड्काले ३ अंक स्कोर गरिन् ।

यस्तै थ्री अन थ्री मा आर्मीले गण्डकीसँग बागमतीले लुम्बिनीसँग, सुदूरपश्चिमले एपीएफसँग र पुलिसले कर्णालीसँग क्वाटरफाइनल खेल्नेछ ।

१०औँ राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय