+
+
Shares

नरदेवी श्री श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८३ मंसिर १० गते २०:१६

१० मंसिर, काठमाडौं । नरदेवीको श्री श्वेतकाली अजिमाको १२ वर्षे देवी नाच काठमाडौंमा जारी छ । श्री श्वेतकाली (ङयातभूलू अजिमा) नाच नरदेवीको श्री श्वेतकाली घ:छे बाट देवी नाचको आरम्भ भएको  हो ।

सो नाच आज तलेजु भवानी मन्दिर परिसरमा रहेको डबलीमा प्रस्तुत गरी सर्वसाधारणलाई देखाइएको हो । यो नाच कुमारी  घरअगाडि रहेको डबली, नरदेवीलगायत विभिन्न स्थानमा देखाइन्छ ।

यस नाचमा अजिमा, कुमारी, कुमार, नारायणी, महालक्ष्मी, महादेव गरी १९ देवीदेवता हुन्छन् ।

भोलि मंसिर ११ देखि हनुमानढोका दरबारको नासलचोक डबलीमा अन्तिम चरणको १२ वर्षे देवीनाच समापन पर्व सञ्चालन हुने बताइएको छ ।

तस्वीरहरू–

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?