+

शारीरिक सुगठनमा आर्मीलाई चार स्वर्ण

२०८३ मंसिर  ११ गते २०:४१ २०८३ मंसिर ११ गते २०:४१

११ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारीरिक सुगठनका विभिन्न विधामा शुक्रबार प्रतिस्पर्धा सम्पन्न भएका छन्। आठ विधामा प्रतिस्पर्धा भएकोमा त्रिभुवन आर्मी क्लबले चार स्वर्ण पदक जितेको छ।

मुख्य प्रशिक्षक राजेन्द्ररत्न तुलाधरका अनुसार पुरुषतर्फ एमएपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सुमन राईले स्वर्ण पदक जिते। बागमतीका सबिन चौलागाईंले रजत र लुम्बिनीका रेशम रानाले कांस्य पदक पाए।

एमएपी (१७० भन्दा माथि) विधामा सशस्त्र प्रहरी बलका अनुपविक्रम बिष्टले स्वर्ण जित्दा लुम्बिनीका ईश्वर पुनले रजत र गण्डकीका यमन्त गुरुङले कांस्य पदक प्राप्त गरे।

एमएसपी (१७० भन्दा कम) विधामा नेपाल प्रहरीका सृजन महर्जनले स्वर्ण पदक जिते। त्रिभुवन आर्मीका ज्ञानेश्वर चौधरीले रजत र बागमतीका राज शाहीले कांस्य पदक पाए। एमएसपी (१७० भन्दा माथि) विधामा भने त्रिभुवन आर्मीका पुकार शाक्यले स्वर्ण जित्दा नेपाल प्रहरीका प्रनेश श्रेष्ठले रजत र बागमतीका रिजनकुमार श्रेष्ठले कांस्य पदक प्राप्त गरे।

महिलातर्फ डब्लुएपी विधामा बागमतीकी उर्मिला श्रेष्ठले स्वर्ण पदक जितिन्। त्रिभुवन आर्मीकी सृजना घिसिङले रजत र गण्डकीकी आशा चौधरीले कांस्य पदक प्राप्त गरिन्।

वुमेन्स वेलनेस (१७० भन्दा कम) विधामा त्रिभुवन आर्मीकी शिवानी लामाले स्वर्ण जितिन्। गण्डकीकी बिपना कुमालले रजत र लुम्बिनीकी पुनम सुनारले कांस्य पदक प्राप्त गरिन्।

मेन्स क्लासिक बडीबिल्डिङ विधामा त्रिभुवन आर्मीका अनिश रसाइलीले स्वर्ण पदक जिते। लुम्बिनीका बिजेन्द्रमान श्रेष्ठले रजत र मधेशका हरिनारायण साहले कांस्य पदक प्राप्त गरे।

१०औँ राष्ट्रिय खेलकुद शारीरिक सुगठन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय