११ मंसिर, काठमाडौं । कांग्रेसको देउवा पक्षका नेता एनपी साउदले नेपाली कांग्रेस अहिले विभाजनको मतस्थितिमा रहेको बताएका छन् । शुक्रबार अछाम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘पार्टी विभाजनको मनस्थितिमा छ,’ उनले भने, ‘दुइटा अधिवेशन हुँदैछ । एकथरि साथीहरूले गरिसके, हामी मंसिरको २१ गतेबाट गर्दैछौं ।’
यस्तो बेलामा आफ्नै पार्टीभित्र पनि आधिकारिकता लागि राजनीतिक रूपमा लड्नुपरिरहेको उनले बताए । ‘हामी पार्टीभित्रै राजनीतिक रूपमा लडिरहेका छौं । अदालतमा मुद्दा छँदैछ । यस्तो बेला सबै साथीहरूले एकअर्काका पक्षमा काम गर्नुपर्दछ,’ उनले भने ।
पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय समिति नै आधिकारिक रहेको उनले दाबी गरे । ‘अदालतको संयुक्त इजलासले इन्साफ नदिएपछि पुनरावेदनमा गयौं । त्यो मुद्दा जस्ताको तस्तै छ,’ उनले भने, ‘पुनरावलोकनमा गएका छौं र मुद्दा अझै चलिरहेको छ । अदालतमा हामी जित्छौं, नेपाली कांग्रेस जित्छ, कांग्रेसको १४औँ महाधिवशेनबाट निर्वाचित केन्द्रिय समिति जित्छ ।’
प्रतिक्रिया 4