+
+

आलोकले निर्देशन गरेको रत्यौली गीत सार्वजनिक(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ३ गते ९:३२

AJHAI-PANIकाठमाडौ । शहरमा रत्यौलीको रौनक घटे पनि नेपाली चलचित्र निर्देशकले भने रत्यौलीको महत्व भूलेका छैनन् ।दिवंगत निर्देशक आलोक नेम्वाङको निर्देशन रहेको पछिल्लो फिल्म ‘अझै पनि’को रत्यौली गीत सार्वजनिक भएको छ ।

मंसिरको महिना बिवाहको मौसम भएकाले रत्यौली गीत सार्वजनिक गरिएको निर्माता सुदर्शन थापाले बताए । ‘गाउँघरमा अझै पनि रत्यौली खेल्ने चलन भएकाले यो गीत दर्शकलाई पि्रय लाग्न सक्छ ।’ निर्माता थापाले भने । ‘चमक चमक…’बोलको गीतमा चलचित्रका नायक नायिका सुदर्शन थापा र पूजा शर्माको बिहेसँगै अन्य युवतीहरु रत्यौलीमा रमाएको प्रसंग छ । चलचित्रमा फेशन डिजाइनर पूनम गौतमसँग मिलेर निर्देशक सुदर्शन थापाले लगानी गरेका हुन् । पूनम आलोकको अन्तिम कोशेलीलाई उनकै चाहना अनुसार दर्शकमाँझ ल्याउने बताउँछिन् ।

गीतमा मिथिला शर्मा, सुरक्षा पन्त, प्रमिला खनाल, बिपना धिमाल लगायतका कलाकारले अभिनय गरेका छन् । १५ फागुनबाट प्रदर्शन हुने यो फिल्म प्रेमकथामा आधारित रहेको छ ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?