७ मंसिर, काठमाडौं । विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी राजधानीमा आयोजित ‘आइरिन एजुकेशन फेयर’ आइतबार सम्पन्न भएको छ ।
पाँचतारे अन्नपूर्ण होटलमा दुई दिनसम्म चलेको मेला तीन हजारभन्दा बढी विद्यार्थीहरुले अवलोकन गरेका छन् ।
३८ वटा स्टलहरु रहेको १० वटा युनिभर्सिटी र नेपालका चर्चित २८ वटा एजुकेशन कन्सल्टेन्सी सहभागी थिए । मेलामा अष्ट्रेलियाबाट ७ वटा युनिभर्सिटी र आयरल्यान्ड, अमेरिका र न्यूजिल्यान्डका एक/एक वटा युनिभर्सीटीको सहभागिता रहेको मेला संयोजक विज्ञान श्रेष्ठले जानकारी दिए ।
युनिक्याम्पसका प्रबन्ध निर्देशक समेत रहेका श्रेष्ठका अनुसार मेलामा अपेक्षा गरिएभन्दा बढी विद्यार्थी तथा अविभावकहरुको सहभागिता थियो ।
मेलामा सहभागी युनिभर्सिटी र कन्सल्टेन्सीहरुले विदेशमा पढ्न जान चाहने विद्यार्थीहरुका जिज्ञासा समाधान गरेको उनले जानकारी दिए ।
मेलामा सहभागी युनिभर्सिटीबाट केही विद्यार्थीहरुले स्कलरशीप समेत हात प्राप्त गर्न सफल भएको बताइएको छ । साथै, नेपाली कन्सल्टेन्सीहरुले पनि मेलामा सहभागी विद्यार्थीलाई विदेशमा पढ्न जान चालिने प्रोसेसिङ शुल्कमा छुट प्रदान गरेका थिए ।
मेलाका थप तस्वीरहरू हेर्नुस्