राकेश कार्की
“संविधान” भन्ने त यिनलाई
राजनैतिक हतियार भो
दिन्छु दिन्छु भनि लोभ्याइ
टिकिराख्ने सरकार भो
यिनले देशमा धान फलाउदैनन्
जनताको लागि किन हो
यिनीहरूले संविधान बनाउदैनन्
जे जे भेटछन् देशभित्र
सबै आफ्नै भागमा खनाउछन्
खानु न खानु खाएर
घूस र भ्रष्टाचारले गनाउछन्
फोड्ने र छुट्याउने कुरो गरेर
यो सरकार सजिलै कमाउछ
संविधान बन्यो भने त
यिनीहरूलाई नै समाउछ
आफ्नालाई मात्र जागिर र तक्मा
दु:खमा साथदिनेलाई बोलाउदैनन्
टुक्रिएको परिवारको रेमिट्यान्स लिइ
यिनीहरूले संविधान बनाउदैनन्