+
+

कैलाली बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर १५ गते १२:५४

१५ मंसिर, कैलाली । कैलालीको सहजपुरमा गत शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । उपचार गर्न भारतको हल्दवानी लगिएका जंग भण्डारीको मृत्यु भएपछि बस दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको हो ।

KAILALI-BUS-ACCIDNET-DEAD-Bआफन्तले शव बुझेनन्

यसैबीच बस दुर्घटनामा ज्यान गुमाएकाका आफन्तहरुले शव बुझ्न अस्वीकार गरेका छन् ।

मृतकका बालबालिकाको पालनपोषण र शिक्षाको जिम्मेवारी बस समितिले लिनु पर्ने, मृतकका परिवारलाई प्रतिव्यक्ति ३ लाख रुपैया क्षतिपूर्ति दिनु पर्ने लगायत माग राख्दै उनीहरुले शव बुझ्न अस्वीकार गरेका हुन् ।

उनीहरुले दुर्घटनामा बस चालकको लापरबाही देखिएकाले चालकलाई कर्तव्य ज्यान मुद्दा चलाउनु पर्नेलगायतका माग पनि राखेका छन् ।

मृत्यु भएका मध्ये ८ जनाका आफन्तले शव बुझेका छैनन् । पाँच जनाका आफन्तले भने आइतबार शव बुझेर लगेका छन् ।

-दीपक उपाध्यायबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?