राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले पाकिस्तानका विद्यालयमा आक्रमण भएको १४१ जना मारिएको, फेरि २३ किलो सुन समातिएको, सरकारी कार्यालयमा बिहानी सेवा सुरु भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले तीन नेतालाई उपचार गर्न चार करोड खर्च भएपनि जनताको भागमा तीन सय ४८ रुपैयाँमात्र परेको, तेल चोरी गर्न आयल निगमले नै अनुमति दिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले नेपालमा उत्तर दक्षिण प्रदेश बनाउ चीनले सुझाव दिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले भन्सार कर्मचारीकै मिलेमतोमा सुन तस्करी भएको, एमालेले मन्त्रालयजस्तै विभाग बनाएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।