+
+

आरआरका नेविसंघ नेता खुकुरीसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ६ गते १५:२६

६ पुस, काठमाडौं । त्रिचन्द्र क्याम्पसका अनेरास्ववियुका कार्यकर्तालाई आक्रमण गर्न घण्टाघर पुगेका आर आर क्याम्पसका नेविसंघका नेता खुकुरीसहित पक्राउ परेका छन् ।

राजधानीको प्रर्दशनी मार्गस्थित आर आर क्याम्पसमा अध्ययनरत नेविसंघ नेता विकास अधिकारीलाई आक्रमणको तयारी गर्दैगर्दा नियन्त्रणमा लिइएको दरवारमार्ग प्रहरीले जनाएको छ ।

अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीका उपाध्यक्ष केडी जोशी र धु्रब लामिछानेमाथि आक्रमण हुन लागेको सूचना पाएपछि प्रहरी बेलैमा घटनास्थलमा पुगेकाले ठूलो घटना हुन पाएन ।

खुकुरीसहित त्रिचन्द्र क्याम्पस पुगेका विकास अधिकारीलाई हिरासतमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्रिचन्द्र क्याम्पसमा यसअघि पनि पटक-पटक नेविसंघ र अखिल कार्यकर्ताबीच हिंसात्मक झडप हुँदै आएका छन् । नेविसंघ कार्यकर्ताको खुकुरी प्रहारबाट दुई पटक घाइते भएका अखिल नेता समिक बडाल अहिले अपांग छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?