+
+

युवा संघ रामेछापमा नयाँ नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १७ गते १४:३०

१७ पुस, काठमाडौं । एमाले सम्बद्ध युवा संघ नेपाल अन्तरजिल्ला समिति रामेछापको नवौं अधिवेशनबाट अमित कार्की अध्यक्षमा चुनिएका छन् ।
Yubasangh Ramechhap
सर्वसम्मत रुपमा चयन भएका पदाधिकारीमध्ये उपाध्यक्षमा सोनु रोका, सचिव माघव ढकाल, कोषाध्यक्ष सम्झना श्रेष्ठ र सहसचिवमा रोज लामा निर्वाचित भएको युवासंघका अन्तर जिल्ला इन्चार्ज जय गुरुङले जानकारी  दिए ।

सदस्यहरुमा रन्जन खड्का,रविना सुवेदी, देवु बस्नेत, राजेश श्रेष्ठ, अर्जुन केसी लगायत २७ सदस्यीय कमिटी गठन भएको उनले बताए ।

युवा संघका केन्द्रीय सचिव किरण पौडेल, एमाले नेता रिपुमर्दन अधिकारी, युवा संघका जय गुरुङ,कृष्णहरी केसी, सम्पर्क मन्चकी उपाध्यक्ष समिता केसी लगायतका नेताहरुले नवनिर्वाचित कमिटीलाई बधाइ तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?