+
+

एमबीबीएस छात्रवृत्तिको प्रश्नपत्र आउट गर्ने ८ विरुद्ध भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २९ गते १७:००
रातो घेरामा देवीराम पाण्डे
रातो घेरामा देवीराम पाण्डे

२९ पुस, काठमाडौं । एमबीबीएस छात्रवृत्ति परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

त्रिचन्द्र क्याम्पसमा शिक्षण सहायक देवीराम पाण्डे, प्रभातकुमार कुशवाह, धर्मेन्द्र यादव, जिवछकुमार यादव, हरिहर भन्ने खेचरनाथ सापकोटा, महेश्वर प्रसाद यादव, शैफ अख्तर र घनेन्द्रप्रसाद संग्रौलाविरुद्ध मुद्दा दायर भएको हो ।

पाण्डे र सापकोटा मंसिर २० गते गोल्डेन गेट कलेजबाट प्रश्नपत्र बाहिर ल्याउने क्रममा पक्राउ परेका थिए । पाण्डे गोल्डेन गेटका निर्देशक समेत थिए ।

उनीहरुले चार विद्यार्थीबाट ३४ लाख २५ हजार रकम लिएको अख्तियारको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?