+
+

मनास्लु बैंकको तीन लाख कित्ता हकप्रद सेयर निस्काशन

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ४ गते १३:१५

Manaslu bikas bank logo४ माघ, काठमाडौं । गोरखामा मुख्य कार्यालय रहेको मनास्लु विकास बैंकले आइतबारदेखि तीन लाख कित्ता हकप्रद सेयरका लागि आवेदन खुल्ला गरेको छ ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजीको प्रति चार कित्ता बराबर एक कित्ताका दरले आवेदन खुलाएको हो । हाल बैंकको चुक्ता पुँजी १३ करोड १७ लाख रुपैयाँ छ ।

माघ १० गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । लगानीकर्ताले ग्रोमर मर्चेन्ट बैंकर र मनास्लुका सबै शाखाहरुबाट आवेदन दिन सक्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?