+
+

बेग्लाबेग्लै छलफलमा जुटे चार दलका नेता

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ८ गते १९:१७

८ माघ, काठमाडौं । चार दिनको आरोप-प्रत्यारोपपछि प्रमुख दलहरु सोमबार साँझ भएकै सहमतिमा नै टेकेर अघि बढ्न सकारात्मक देखिएका छन् । विहीबार साँझ परेपछि नेताहरु नयाँ बानेश्वरमा आन्तरिक छलफलमा व्यस्त छन् ।

विपक्षी दलको नाराबाजीका कारण संविधानसभा अवरुद्ध भएपछि सभाध्यक्ष सुवास नेम्वाङको पहलमा चार पक्षबीच विहीबार पुनः सम्वाद सुरु भएको हो ।

संविधानसभा भवन नयाँ बानेश्वरमा भएको छलफल सोमबार बैठक भाँडिनुअघिको अवस्थामा फर्किएको स्रोतको दाबी छ ।

नेताहरुबीच सहमति भएका न्याय प्रणाली, नागरिकतासहित सैद्धान्तिक सहमति भएको निर्वाचन प्रणालीमा थप सहमति गरेर मस्यौदा समितिमा पठाउने प्रस्ताव आएको छ ।

शासकीयस्वरुपमा एमाओवादीले फरक मत राख्ने र संघीयताबारे ६ देखि ९ प्रदेश हुने र एक महिनाभित्र सीमांकनसहित सहमति गर्ने प्रतिवद्धता जनाएर अघि बढ्ने सहमति गर्ने प्रस्ताव आएको स्रोतले बताएको छ ।

यसबारे एमाओवादीका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । एमाओवादीको आन्तरिक छलफलपछि ७ बजे फेरि शीर्ष बैठक बस्नेछ ।

संविधानसभा अध्यक्ष नेम्वाङले सवा ७ बजेसम्म आफूलाई निर्णय दिन आग्रह गरेका छन् । पौने ३ बजे आधा घण्टाका लागि स्थगित भएको संविधानसभाको बैठक सहमति प्रयासका कारण अझै बस्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?