+
+

संविधान नबन्दा पनि सातामा १४ अंकले बढ्यो नेप्से सूचक

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १० गते ९:५३

१० माघ काठमाडौं । संविधान जारी नभए पनि सेयर बजारका लगानीकर्ताहरु खासै निरुत्साहित भएनन । यो साताभरमा नेप्से परिसूचक १३.८८ अंकले बढेको छ ।

लगानीकर्तामा केही महिनाभित्र संविधान आउने विश्वास रहेकाले सेयर बजारमा माघ ८ ले खासै प्रभाव नपारेको स्टक ब्रोकर एसोसिएनसका निवर्तमान अध्यक्ष नरेन्द्र सिँजापतिले जानकारी दिए ।

साताभरमा चार दिन मात्रै कारोबार भएको थियो । जसमा १ सय ६४ कम्पनीका ३७ लाख ६६ हजार कित्ता सेयर १ अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा किनबेच भए । कारोबार रकम गत साताकोभन्दा ९१.७० प्रतिशत बढी हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.४९ अंकले बढेर २०४.६५ अंकमा आईपुगेको छ ।

कारोबार रकम ४६ करोड ३१ लाख २० हजार रुपैयाँको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा छ । सेयर संख्याका आधारमा ग्रान्ड बैंकको कारोबार बढी भएको छ । बैंकको चार लाख दुई हजार कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकमका आधारमा साताका उत्कृष्ट ५ कम्पनी

कम्पनीको नाम कारोबार रकम

(रु. दशलाखमा)

स्ट्यान्डर्ड चार्टर्ड बैंक ४६३.१२
प्रभु बैंक १०८.५२
एभरेस्ट बैंक ७३.२५
नेपाल बंगलादेश बैंक ६७.९
ग्राण्ड बैंक ६५.०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?