+
+

आज श्रीपञ्चमी, सरस्वतीको पूजा गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ११ गते ८:०२

११ माघ, काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजाआराधनासहित आइतबार श्रीपञ्चमी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिएको छ ।

बसन्त पञ्चमीबाटसमेत चिनिने यो दिनमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई विद्या आर्जनमा लागेका विद्यार्थीले पूजाआजा गर्ने गरेका छन् ।

आजका दिन प्रत्येक विद्यालयमा विद्याकी देवीका रुपमा परिचित सरस्वतीको पूजाआराधन गरिने गरिएको छ । विद्यार्थीहरुले बिहानै उठेर नुहाइधुवाई गरी आफूले पढ्ने पुस्तक तथा कापीकलममा पुजा गरेका छन् । त्यस्तै साहित्यकार, संगीतकारलगायतले पनि आफ्ना कला साधनाका सामग्रीहरुको पूजाआजा गरेका छन् ।

श्रीपञ्चमीका दिन गरिने जुनसुकै शुभकार्यका लागि साइत हेर्न नपर्ने विश्वास रहेको छ । आज बिहानैदेखि सरस्वती मन्दिरमा श्रद्धालुहरुको भीडभाड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?